काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै बडादसैँ, नेपाल संवत्, तिहार र छठ पर्वका लामो बिदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीहरूलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोतसाधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

निर्देशनअनुसार अत्यावश्यक सेवा, आकस्मिक उपचार र शल्यक्रिया जस्ता सेवा भने सधैँझैँ निरन्तर सञ्चालन हुनेछन्।

ADVERTISEMENT

भदौ २३ र २४ गतेका दिन प्रदर्शनका क्रममा घाइते भई उपचाररत रहेका सबैको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै मन्त्रालयले त्यस क्रममा स्वास्थ्य संस्थाहरूले पुर्‍याएको योगदानप्रति आभार प्रकट गरेको छ।

ADVERTISEMENT

साथै, आगामी चाडपर्वका समयमा समेत अस्पतालहरूले निरन्तर सेवा प्रवाह गर्नेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ। बडादशैँअन्तर्गत सोमबार फुलपाती मनाइँदैछ । सरकारी कार्यालयदेखि बैंक तथा वित्तीय संस्था, अस्पताल, निजी कार्यालयहरूले समेत बिदा दिने गर्छन् ।

ADVERTISEMENT