काठमाडौँ । जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदको सम्झनामा संसद् भवन अगाडि दीप प्रज्वलन गरिएको छ ।
बुधबार संसद् भवन अगाडि आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको हो ।
सहभागीहरूले पाँच मिनेट मौन धारण समेत गरेका थिए । “सहिदहरूको बलिदान कहिल्यै व्यर्थ हुने छैन। जनताको अधिकार र न्यायपूर्ण नेपाल निर्माण हाम्रो कर्तव्य हो” भन्ने नारा सहित उनीहरूले मैनबत्ती बालेका थिए ।
विभिन्न संघसस्था तथा सर्वसाधारणको आयोजना गरिएको दीप प्रज्ज्वलनमा उनीहरूले शहीदहरुप्रति श्रदान्जली अर्पण गर्दै मौन धारण समेत गरेका छन् ।
जेन जी आन्दोलनमा आन्दोलन पक्ष, नेपाल प्रहरी लगायत ७४ जनाले ज्यान गुमाएका छन् ।







