काठमाडौं । ‘हामी नेपाल’ एनजिओका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।बुधबार मोटरसाइकल र गाडीमा आएको समूहले उनीमाथि आक्रमणको प्रयास गरेका छन् ।

गुरुङका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर मोटरसाइकल र दुईवटा कारमा सवार व्यक्तिहरूले उनलाई पछ्याउँदै आएका थिए । ‘बीचमै दुईवटा गाडी पनि थपिएर पच्छ्याउन थाले,’ उनले भने, ‘सिनामंगलको गल्लीगल्लीमा समेत खोजिरहेका थिए रे, बानेश्वरसम्म लखेटे । ती को हुन् भन्नेचाहिँ थाहा भएन, तर मार्ने उद्देश्यले नै आएका जस्ता देखिन्थे ।’

ADVERTISEMENT

घटनालगत्तै आफू सुरक्षित स्थानमा पुगेको बताउँदै गुरुङले हाल आफ्नो अवस्थिति खुलाउन चाहेनन् । ‘म अहिले कहाँ छु भनेर भन्न चाहन्न, तर म सुरक्षित छु,’ उनले भने ।
जेनजी समुहका सदस्य रोनिश प्रधानले भने, ‘हामी अरूको सहयोेगका लागि हिँडिरहेका थियौं, हामीमाथि नै अट्याक गर्ने कोसिस भयो । साइबर अट्याक मात्र होइन, भौतिक आक्रमणको प्रयास भयो । हामीलाई सुरक्षा चाहियो ।’

जेनजी आन्दोलनपछि सरकार बनाउन भूमिका खेलेको भन्दै उनी टार्गेटमा परेका छन् । उनीमाथि केही दिनअघि रिपोर्टर्स क्लबमा समेत हातपातको प्रयास भएको थियो । प्रहरीले उनलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा लागेको थियो ।

ADVERTISEMENT