काठमाडौँ। उत्तर प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा दुई जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रेस ट्रष्ट अफ इंडियाका अनुसार, मृत्यु हुनेमा नेपालका दिनेश बेल्बासे र २७ वर्षीय अनिल सापकोटा रहेका छन्।

ADVERTISEMENT

प्रहरी उपरीक्षक विकाश कुमारका अनुसार बेल्बासे आफ्नी श्रीमतीसहित केही साथीहरूसँग पंजाबबाट घर फर्किँदै गर्दा रामनगर क्षेत्र नजिक विपरीत दिशाबाट आइरहेको उत्तर प्रदेश रोडवेज बसले उनीहरू सवार कारलाई ठक्कर दिएको थियो।

ADVERTISEMENT

दुर्घटनामा बेल्बासे र सापकोटाको मृत्यु भएको हो भने शारदा बेल्बासे, टेकबहादुर र उनकी पत्नी धनकला घाइते भई अस्पताल भर्ना गरिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT