काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु बाइपासमा सडक खन्ने काम सुरु गरेको एक महिना भइसक्दा पनि काम अलपत्र परेको छ। स्थानीय बासिन्दाहरूले काम अलपत्र छोडेपछि सडक बन्द गरेका हुन् ।

सडक धूलो मुक्त बनाउने भन्दै महानगरले काम सुरु गरेपनि खनेर अलपत्र छोड्दा सडक झन् धुल्लामे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले सडक बन्द गरिएको स्थानीयले जानकारी दिए । स्थानीयको विरोधका कारण बालाजु बाइपास सडक बन्द हुँदा सवारी साधनमा अवरोध सिर्जना भएको छ।







