काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को साउनमहिनामा रेमिट्यान्स २९.९ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब भित्रिएको छ । २०८१ साउनको तुलनामा २०८२ साउनमा रेमिट्यान्स २९.९ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१\८२ को साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । गत वर्ष पनि साउनमा रेमिट्यान्स १७.७ प्रतिशत रेमिट्यान्स बढेको थियो ।

ADVERTISEMENT

साउनमा अमेरिकी डलरमा रेमिट्यान्स २५.० प्रतिशतले बढेर १ अर्ब २७ करोड पुगेको छ । गत आर्थिक वर्षका साउनमा अमेरिकी डलरमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो ।

यस्तै साउनमा खुद द्वितीय आय खुद ट्रान्सफर १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड रहेको थियो ।

ADVERTISEMENT

रेमिट्यान्स मात्रै नभएर वैदेशिक रोजगारीका लागि विदेशीने नेपालीको संख्या पनि बढेको छ । साउनमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली ३६ हजार ९२८ र पुन श्रम स्वीकृति लिने नेपाली २२ हजार ६४७ रहेका थिए ।