काठमाडौं । सरकारले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गरेपछि शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रिपरिषद्ले निर्णय लिने उनको भनाइ छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घर–ठेगानासम्म पुर्याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ ।
मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ७१ जनाले ज्यान गुमाएका छन् । घाइतेको संख्या १७ सय पुगेको थियो । हाल १५ जना आइसियुमा छन् ।







