काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित गृह मन्त्रालयको नवनिर्मित भवनमा सारिएको प्रधानमन्त्री कार्यालयमा उनले पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्नुअघि उनी लैनचौरस्थित सहिद स्मारक र सहिदगेटमा पुगेर चार सहिदलाई माल्यार्पण गरेकी थिइन् । त्यसपछि सिंहदरबार प्रवेश गरेकी प्रधानमन्त्री कार्कीलाई मुख्यसचिव एकनारायण अर्याललगायतका कर्मचारीले स्वागत गरेका थिए ।

सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ ।मृतकको परिवारलाई १० लाख दिने र आन्दोलनका घाइतेहरुको सरकारले उपचार गर्ने निर्णयसमेत भएको छ ।

ADVERTISEMENT

भदौ २३ गतेबाट सुरु भएको जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की सरकार प्रमुख बनेका हुन् । यससँगै आगामी फागुन २१ गतेभित्र निर्वाचन गराउने जिम्मेवारी उनको काँधमा आएको छ ।

ADVERTISEMENT

आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जनाएको छ । ज्यान गुमाउनेमा प्रदर्शनकारीतर्फ ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी ३ जना छन् ।

ADVERTISEMENT