काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागितासहित ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा सम्पूर्ण नेपाली जनतालाई बधाइ दिएकी छन्।

निर्वाचनपछि जारी सन्देशमा उनले लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएको भन्दै आम नागरिकको भूमिकाको प्रशंसा गरेकी छन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिता, मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छन्। साथै अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन तथा सञ्चार माध्यमले जिम्मेवारीपूर्वक निर्वाह गरेको भूमिकाको पनि उनले सराहना गरेकी छन्।

ADVERTISEMENT

त्यसैगरी आन्दोलनका सहिद, घाइते योद्धा तथा आन्दोलनमा सहभागी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणप्रति उनले उच्च सम्मान व्यक्त गरेकी छन्।

ADVERTISEMENT

प्रधानमन्त्री कार्कीले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपतिप्रति पनि कृतज्ञता व्यक्त गरेकी छन्।

ADVERTISEMENT