काठमाडौँ । देशले पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ ।
जेनजी आन्दोलनका कारण उत्पन्न राजनीति परिस्थितिबाट पुर्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्न लागेकी हुन ।
नेपालको इतिहास रच्दै कार्की महिला प्रधानमन्त्री बन्न लागेकी हुन । उनको आजै राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा सपथ खुवाउने तयारी भइरहेको राष्ट्रपति कार्ययलयले जनाएको छ । नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी भइरहेको हो।
सरकार गठन, मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन् । आजै सानोको आकार मन्त्रीमण्डल समेत बनाउने तयारी भइरहेको बताइएको छ ।


