काठमाडौं, जेन जी आन्दोलनको क्रममा नेकपा एमालेका नेता विष्णु पौडेललाई प्रदर्शनकारीले लखेटेको भिडियो देश–विदेशका मिडियामा व्यापक रूपमा प्रकाशित भएको थियो। भारतीय मिडिया एनडीटीभी, मिन्ट तथा गल्फ न्युज लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत उक्त भिडियो समाचार बनेको थियो भने नेपालमा पनि उक्त दृश्य विष्णु पौडेलकै भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो।


देशको बागडोर नेपाली सेनाको हातमा रहेको परिस्थितिमा विष्णुप्रसाद पौडेल अझै पनि उपप्रधानमन्त्री एवं अर्थमन्त्री कसरी भएको भन्ने प्रश्न उब्जिएको छ।

तर केही समयअघि विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारका रूपमा रहेका भुवन केसीले MOF Media Group नामक ह्वाट्सएप समूहमार्फत विज्ञप्ति जारी गर्दै, “उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि कुनै आक्रमण भएको छैन, उक्त भिडियो भ्रामक हो” भन्ने दाबी गर्दै समाचारहरूको खण्डन गरेका छन्।

यस खण्डनपछि भने थप अन्योल सिर्जना भएको छ। कारण, अहिलेको राजनीतिक परिप्रेक्ष्यमा केपी शर्मा ओलीले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् अध्यक्षको राजीनामा राष्ट्रपतिसमक्ष पेश गरी तत्क्षण स्वीकृत भएपछि तत्कालीन मन्त्रिपरिषद् विघटन भइसकेको अवस्था छ। देशको बागडोर नेपाली सेनाको हातमा रहेको परिस्थितिमा विष्णुप्रसाद पौडेल अझै पनि उपप्रधानमन्त्री एवं अर्थमन्त्री कसरी भएको भन्ने प्रश्न उब्जिएको छ।