काठमाडौं । राजधानीमा उग्ररुप लिएको जेनजी आन्दोलन शनिबार शीतलनिवाससम्म पुगेको छ । आक्रोशित प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगो लगाएका छन् ।
यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालतदेखि जिल्ला अदालतसम्मका भवनहरू र शीर्ष नेताहरूका निवास तथा कार्यालयहरू प्रदर्शनकारीको निशानामा परेका थिए ।
संसद् भवन वरपर प्रदर्शन गरिरहेका केही युवाहरूले सुरक्षाकर्मीको बन्दुक खोसेर चलाएको घटनासमेत भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अझै पनि आगजनी र तोडफोड जारी छ ।





