काठमाडौं , हिजोमात्रै पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकापस्थित घरमा आज प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्। घर वरिपरि ठूलो संख्यामा प्रदर्शनकारीहरूको उपस्थिति रहँदा वातावरण तनावपूर्ण बनेको छ।

आन्दोलनकारीहरूलाई रोक्न सुरक्षाकर्मी परिचालन गरिए पनि भीड नियन्त्रणमा आउन सकेको छैन।

ADVERTISEMENT

लेखकले गृहमन्त्री पदमा रहँदा भएको हिंसात्मक घटनामा उनको संलग्नता रहेको भन्दै जनताबीच आक्रोश तीव्र बढेको  छ। हिजो भएको नरसंहारपछि गृहमन्त्रीको भूमिकाप्रति चौतर्फी आलोचना बढ्दै गएको र त्यसकै प्रभावमा प्रदर्शनकारीहरूले घरलाई मुख्य निशाना बनाएको स्थानीयले बताएका छन्।