काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार बुधबारका लागि अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा छ । मंगलबार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा थियो ।
युरोपियन युरोमा भने सामान्य घटबढ देखिन्छ । बुधबार युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा कायम भएको छ । मंगलबार युरो एकको खरिदर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा थियो ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।






