काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन भन्नुको अर्थ सम्झौता पनि भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषयक कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले भने, “द्वन्द्वकाे प्रकृति फरक छ । जहाँ द्वन्द्वकाे छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि हाे । दुबै पक्षले आफ्नो अडान कायम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेकाे हाे,”

ADVERTISEMENT

उनको भनाइमा द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम नै छ। उनका अनुसार , “द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी कै हुन्छन् । सकारात्मक द्वन्द्वकाे व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउछ । द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वकाे पहिचान, समय र सम्झौता मुख्य कुरा हाे,”

तस्बिर: नेपालमा शान्ति निर्माणका चुनौती विषयक कार्यक्रम

गृहमन्त्री लेखकले नेपालको इतिहासमा बारम्बार द्वन्द्व र अस्थिरताले संविधान बन्ने अवस्था सिर्जना गरेको उल्लेख गर्दै उनले थपे “अहिलेसम्म नेपालमा सात वटा संविधान बने । धेरै संविधान बन्ने कुरा राम्रो हाेइन । धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हाे,” 

ADVERTISEMENT

वर्तमान संविधान असफल भए अकल्पनीय द्वन्द्व उत्पन्न हुने चेतावनी दिंदै उनले भने, “केही मान्छे संविधान असफल बनाउने षड्यन्त्र गरिराख्नुभएकाे छ । संविधानलाई समय सापेक्ष संशोधन र संविधानकाे रक्षा आवश्यक छ,”

संविधानले गरेको अधिकार बाँडफाँडकै कारण पनि द्वन्द्व उत्पन्न भइरहेको भन्दै उनले यसको व्यवस्थापन आवश्यक रहेको प्रष्ट पार्दै  उनले भने  “अहिले पालिकामा प्राकृति स्राेत साधानकाे वितरण र सीमाकाे द्वन्द्व छ । यसकाे पनि व्यवस्थापन विश्व विद्यालयले गर्न सक्छ । द्वन्द्वका धेरै पाटा छन् । उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वकाे व्यवस्थापन गर्नुपर्छ” ।

द्वन्द्व व्यवस्थापन विषयमा अध्यापन गर्ने विशेषज्ञहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट बढ्दै गएको उल्लेख गर्दै उनले त्रिभुवन विश्वविद्यालयमा यस सम्बन्धी अध्ययनका लागि छात्रबृत्त संख्या बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।