काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । एक करोड ५२ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड बराबरको कारोबार भएको छ । आइतबार २७ अंकले नेप्से घट्दा पनि आठ अर्बको कारोबार भएको थियो ।
आज १७५ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२० कम्पनीको कारोबार हुँदा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, बुटवल पावर कम्पनीको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड र कालिका पावरको १८ करोड र हिमालयन डिस्टीलरीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।





