काठमाडौं । आमालाई वंशको अधिकार दिने गरी ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ संसदीय विषयगत समितिबाट पास भएको छ ।
आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन ऐनमा रुपान्तरित भएपछि आमालाई वंशको अधिकार दिने व्यवस्थाले कानुनी मान्यता पाउनेछ । योसँगै पुरुषमा रहेको वंशको एकल अधिकार तोडिनेछ । आमा र बुवामध्ये कुनै एकबाट समेत वंशजको नागरिकताले निरन्तरता पाउनेछ ।
आमाको नामबाट मात्रै वंशजको नागरिकता पाउने व्यवस्थासहित नागरिकता विद्येयकको प्रतिवेदन राष्ट्रिय सभाको विद्यायन समितिबाट पारित भएको छ । प्रतिनिधि सभाले पारित गरेको व्यवस्थामा सामान्य हेरफेरसहित राष्ट्रिय सभाको समितिले विद्येयकको प्रतिवेदन पारित गरेको हो ।
पारित प्रतिवेदनसहितको विद्येयक अव राष्ट्रिय सभामा पेश हुन । प्रतिनिधि सभाले २०८२ असार १४ गत विद्येयक पारित गरेको थियो । माथिल्लो सभाले आमा वा बाबुुमध्ये एउटाको नामका आधारमा नागरिकता पाउने व्यवस्था गरेको हो ।
गृहमन्त्री रमेश लेखकका अनुुसार प्रस्तावित विधेयक ऐनमा रुपान्तरित भएपछि आमा वा बुवामध्ये एक जनाको मात्रै नाम राखेर नागरिकता जारी हुन सक्नेछ ।
‘






