काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी २० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार स्थानीय टोली नर्दन टेरिटोरी एनटी स्ट्राइकसँग खेल्दै छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा जेक वेदराल्ड छन् ।

ADVERTISEMENT

एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।टोलीमा बिग ब्यासको राम्रो अनुभव भएका खेलाडीहरू छन् ।

ADVERTISEMENT

टोलीमा डार्सी शर्ट मुख्य आकर्षण हुन्, जसले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी(२०आई खेलिसकेका छन् ।
२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

नेपालले यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

ADVERTISEMENT