काठमाडौं । अस्ट्रेलियाको सिडनीमा बन्दुकधारीको हमलामा परी १२ जनाको मृत्यु भएको छ । सिड्नीस्थित बोन्डी बीचमा आइतबार भएको गोली प्रहारमा १२ जना मारिएको र एकजना हमलाकारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

दुई प्रहरीसहित कम्तीमा १२ जना घाइते भएको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एकजना प्रत्यक्षदर्शीले कार्यक्रम चलिरहेका बेला गोली चल्न थालेको भन्दै ‌आफू बच्चाहरू लिएर भागेको बताएको समाचारमा उल्लेख छ ।

प्रहरीहरूले तटीय क्षेत्रमा यहुदीहरूको पर्व हनुक्काको समारोह चलिरहेको बेला गोली हानिए पनि त्यो आक्रमण त्यस पर्वसँग सम्बन्धित रहे या नरहेको प्रस्ट नभएको जनाएको छ ।

ADVERTISEMENT

प्रहरीले घटनास्थलको एउटा क्षेत्रलाई निषेधित गरेको छ । त्यहाँ सन्दिग्ध विस्फोटक सामग्री हुनसक्ने भन्दै जाँच पडताल अघि बढाइएको छ।

ADVERTISEMENT

 

ADVERTISEMENT