काठमाडौं, भदौ १५ गते । चीन–नेपाल सीमामा हिमपहिरोका कारण आएको बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानले नेपालसँग समवेदना र ऐक्यबद्धता व्यक्त गरेको छ।पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको निर्देशनमा पाकिस्तानको सिनेटका पूर्व अध्यक्ष सैयद नैयर बोखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलाङ्गीले इस्लामावादस्थित नेपाली दूतावास पुगेर राष्ट्रपति तथा पाकिस्तानी जनताका तर्फबाट समवेदना व्यक्त गर्नुभएको हो।

उहाँहरूले नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा समवेदना तथा ऐक्यबद्धताको सन्देश लेख्नुभएको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जनाएको छ।पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालले पाकिस्तानी प्रतिनिधिहरूलाई स्वागत गर्दै नेपालको कठिन समयमा पाकिस्तान सरकार तथा जनताले व्यक्त गरेको ऐक्यबद्धता र समर्थनप्रति कृतज्ञता व्यक्त गर्नुभयो। नेपालमा पछिल्लो बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति समवेदना तथा सहयोगको प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

ADVERTISEMENT

 

ADVERTISEMENT