काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८१\८२ मा ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३३ गुणा बढी हो । आव २०८०\८१ मा २ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुदब्याज आम्दानी उल्लेख्य बढेको र अन्य आम्दानीमा सामान्य सुधार भएको छ । सम्भावित कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन पनि घटेको छ । जसले नाफामा उच्च वृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ७२ लाख पुगेको छ ।

ADVERTISEMENT

त्यस्तै खुद फि तथा कमिसन आम्दानी ६.०८ प्रतिशतले बढेर १ अर्ब १७ करोड ५० लाख पुगेको छ । त्यस्तै नेट ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानी पनि केही बढेर ६८ करोड रुपैयाँ पुगेको छ ।

सम्भावित कर्जा नोक्सानी व्यवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अघिल्लो आवमा ४ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेकोमा गत आवमा घटेर १ अर्ब १३ करोड ५६ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ । जसले बैंकको खुद सञ्चालन आम्दानीसँगै सञ्चालन नाफा पनि बढेको छ । बैंकको खुद सञ्चालन आम्दानी ९३.९८ प्रतिशतले बढेर १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ पुगेको छ ।

ADVERTISEMENT

सञ्चालन नाफा ६९२.३८ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ छ । अघिल्लो आवमा बैंकको सञ्चालन नाफा ६८ करोड ३५ लाख रुपैयाँ थियो ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि १९ पैसाबाट बढेर २५ रुपैयाँ ६८ पैसा छ । त्यस्तै जगेडा कोषमा २३ अर्ब ९३ करोड २० लाख रुपैयाँ छ । गत असारमा बैंकको प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ८१ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप करिब ४९ अर्बले बढाएर ३ खर्ब ३२ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा २७ अर्बले बढाएर २ खर्ब २१ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ । कर्जा निक्षेप अनुपात ७०.७२ प्रतिशत मात्रै रहेको बैंकको अधिक तरलताको चापले गर्दा कर्जाको तुलनामा खुद ब्याज आम्दानी हुन सकेको छैन ।