काठमाडौं । दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेवाट खुल्ने भएको छ । दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो। मानव संसाधन विकास सेवाका अनुसार साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ।

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजाने क्रम जारी छ । कोरिया जानका लागि भाषा परीक्षा आवेदनको प्रतीक्षामा लाखौ युवा अहिले भाषा परीक्षाको तयारी गरिरहेका छन ।

ADVERTISEMENT

कोरियाले हाल कृषि तथा पशुपालन, उत्पादन र शिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएकोमा अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको छ । यसअघि कोरियाले नेपालबाट कृर्षि तथा पशुपालन र शिप बिल्डिङमा भाषा परीक्षा गरिसकेको छ ।

सन् २०२४ मा ८ हजार २७५ पुरुष र १ हजार १० महिला गरी ९ हजार २८५ जना कोरिया गएका थिए भने यो वर्षको जुलाई २२ सम्म ६ हजार १५४ पुरुष र ५९८ महिलासहित ६ हजार ७५२ युवा गएका छन् ।