काठमाडौं , एमजीको इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘’ सार्वजनिक भएको छ । नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा.लि.ले बिहीबार हायात रेजेन्शि काठमाडौंमा एमजी आईएम–६ सार्वजनिक गरेको हो । नेपालमा विद्युतीय सवारी साधन (EV) को बढ्दो लोकप्रियताबीच, एमजी मोटर्स नेपालले नयाँ पुस्ताको स्मार्ट र डिजिटल SUV ‘IM-6’ सार्वजनिक गरेको छ। यो सवारी साधन उच्च प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (AI), र प्रयोगकर्ता मैत्री फिचरहरूले भरिएको छ, जसले नेपाली बजारमा नयाँ सम्भावनाको ढोका खोलेको छ।

एमजी आईएम–६ मा एमबिडिया ओरिन चिपसेट जडान गरिएको छ जसले स्मार्ट डिजिटल च्यासिसमार्फत सवारी चलाउने वास्तविक अवस्थालाई निरन्तर निगरानी गर्छ र सुरक्षामा सहयोग पुर्‍याउँछ। यसमा ‘नाईट मोड’, ‘वान-टच पार्क’ जस्ता आधुनिक सुविधा छन् जसले यात्रालाई सहज र सुरक्षित बनाउँछन्। पार्किङको बेला गाडी आफैँले खाली ठाउँ चिनेपछि स्वचालित रूपमा पार्क गर्न सक्ने क्षमता राख्दछ, र आवश्यक परेमा वान टचले पार्किङबाट आफैं बाहिर पनि निस्कन सक्छ।

४०० भी प्लेटफर्ममा आधारित ७५ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको चार्जमा करिब ५०० किलोमिटर यात्रा गर्न सक्ने बताइएको छ। नयाँ युरोपियन ड्राइभिङ साइकल (NEDC) मानक अनुसार, यसको वास्तविक दूरी परीक्षण गरिएको हो। साथै, यसमा अटोमेटिक एमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन-असिस्ट लगायतका एडभान्स्ड सुरक्षा प्रणाली जडान गरिएको छ।

यस सवारीको आकर्षणमा १३ इन्चको डिस्प्ले, ५०.० मीटरको टर्निङ रेडियस, र कम ग्राउन्ड क्लियरन्सबाट शहरी सडकमा सजिलै मोडिन सक्ने मोडिफाइड च्यासिस रहेको कम्पनीले जनाएको छ। यो मोडेल नेपालको साँघुरा र व्यस्त सडकको लागि अत्यन्त उपयुक्त हुने विश्वास व्यक्त गरिएको छ।