काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि वाईफाईमा रोक लगाएपछि इन्टरनेट सेवा प्रदायकको समय र क्षेत्र नियन्त्रित हुने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले जथाभावी वाईफाई हटस्पट सञ्चालन गरिरहेको गुनासो आएपछि प्राधिकरणले सचेतनासहित सूचना जरी गरेको जनाएका छन् । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै फ्रि वाईफाई र हटस्पटमा रोक लगाएको । यो सूचनापछि अब मोबिलिटीको अनुमति पाएका मोबाइल सेवा प्रदायकबाहेक इन्टरनेट सेवा प्रदायकको समय र क्षेत्र नियन्त्रित हुने छ ।
इन्टनरेट सेवा प्रदायकले हटस्पटका रुपमा निःशुल्क वाईफाई दिँदा मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेललाई मात्रै वार्षिक १४ अर्ब रुपैयाँको क्षति भइरहेको खुलेपछि उनीहरूकै दबाबमा प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
फ्रि वाईफाईले टेलिकम कम्पनीहरुलाई वार्षिक १४ अर्ब रुपैयाँ बराबरको क्षति भइरहेको बेला नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनीले मोबिलिटी सेवाकै रुपमा हटस्पट चलाउने र एकपटक लगइन गरेपछि घन्टौं सेवा दिने व्यवस्था अब भने नियन्त्रण हुनेछ ।
प्राधिकरणले कानूनअनुसार तोकिएको क्षेत्र र समयमा मात्रै इन्टरनेट सेवा प्रदायकलाई वाईफाई हटस्पट सञ्चालन गर्न दिने एक्सनपछि मोबाइल सेवा प्रदायक खुसी भएका छन् ।
हाल देशैभर इन्टरनेट प्रदायकहरुले २५ हजार हटस्पट सञ्चालन गरेको अनुमान छ । त्यस्तो हटस्पटमा वर्ल्डलिंकको मात्रै १५ हजार रहेको छ भने बाँकी १० हजार अरु सेवा प्रदायकको भए पनि पनि उल्लेख छ । प्राधिकरणले सूचना प्रकाशन गरेरै इन्टरनेट कम्पनीहरुले मनोमानी रुपमा वाईफाई हटस्पट सेवा सञ्चालन गर्न नपाउने र तोकिएको सीमा र समयभन्दा बढी सेवा दिनेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।






