काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् । दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको आह्वानमा कर्मचारीहरु मंगलबार प्राधिकरणको मुख्य कार्यालयको मूलढोकामा कर्मचारीहरुले धर्ना दिएका छन् ।
उनीहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका हुन् । उनीहरुले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म धर्नाको कार्यक्रम राखेका छन् ।
प्राधिकरण सञ्चालक समितिको २०८० साउन ३१ गते बसेको ९४९औं बैठकले ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने निर्णय भइसकेको, व्यवस्थापनले पटकपटक उक्त निर्णय कार्यान्वयन गर्ने सहमति र सम्झौता गरे पनि कार्यान्वयन नभएको विरोधमा धर्ना दिइएको हो ।






