काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा करिब साढे एक अर्ब घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८१ \८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ । आव। २०८१\८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन आ।व। २०८०\८१ को तुलनामा ३७।३२५ ले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
आघिल्लो आव २०८०\ ८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२\७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणयता निरन्तर नाफामा रहेको छ ।२०४२ सालमा दुई सय मेगावाट विद्युत् र सीमित ग्राहकको व्यवस्थापनलाई जिम्मा लिएर स्थापना भएको प्राधिकरण अहिले ४० वर्ष प्रवेश गरेको छ । प्राधिरणले आइतबार विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको छ ।
गत आर्थिक वर्षमा १७ अर्ब ४५ करोड रुपियाँको विद्युत् निर्यात गरेकोमा चालु आर्थिक वर्ष २०८२\८३ को अन्त्यसम्ममा दोब्बर बनाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्ज, भारतमै मध्यमकालीन सम्झौता र बङ्गलादेश निर्यातसमेत गरी करिब ३५ अर्ब रुपियाँ बराबरको विद्युत् निर्यात गर्ने योजना अनुसार गृहकार्य भइरहेको प्राधिकरणले जनाएको छ ।






