काठमाडौं । सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्ने प्रक्रिया अघि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले पीपीए खुला गर्न आवश्यक मापदण्ड तयार पार्न उपसमिति गठन गरेको हो।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र पीपीएको मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस गर्नेछ।

ADVERTISEMENT

उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी तथा विज्ञ रिवाज शर्मा सदस्य छन्। व्यापार शाखाका निर्देशक सदस्य–सचिव रहनेछन्।

ADVERTISEMENT

आर्थिक ऐन, २०८३ मा भएको व्यवस्थाअनुसार उत्पादन अनुमति प्राप्त ऊर्जा उत्पादकसँग पीपीए गर्ने सम्बन्धमा विद्यमान आधार तथा ऊर्जा मन्त्रालयबाट गठित समितिको सिफारिस अध्ययन गरेर मापदण्ड तयार गर्न उपसमितिलाई जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ।

ADVERTISEMENT