काठमाडौँ । बिगत केहि  दिनहरूदेखि आएको मूसलधारे वर्षाले बेइजिङका सहरहरुमा बाढी र डुबानको चपेटामा परेका छन्। , जसका कारण अहिलेसम्म कम्तीमा २५ जनाको ज्यान गएको पुष्टि गरिएको छ। मृतकमध्ये केहीको ज्यान घर भत्किँदा गएको हो भने अन्यको मृत्यु बाढीले बगाउदा तथा सवारी दुर्घटनाका कारण भएको जनाइएको छ।

चीनको मौसम विभागका अनुसार, केही स्थानमा २४ घण्टाभित्र नै ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ, जुन सामान्य औसतभन्दा कैयौं गुणा बढी हो। सबैभन्दा बढी वर्षा बेइजिङको पश्चिमी तथा दक्षिणी पहाडी क्षेत्रमा रेकर्ड गरिएको र , त्यहाँ ३०० देखि ४५० मिलिमिटरसम्म पानी परेको बताइएको छ ।

ADVERTISEMENT

वर्षा दरको तीव्रताले गर्दा नदीनाला र ढल निकास प्रणालीले काम गर्न नसक्दा सहरी क्षेत्रहरू जलमग्न भएका छन्। कैयौं सडक डुबानमा परेका छन् भने सार्वजनिक यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ।

स्थिति भयावह भएपछि प्रशासनले ८०,३३२ जनाभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको जनाएको छ  । प्रभावित क्षेत्रहरूमा रहेका मियुन, ह्वाइरू, फाङ्शान, पिङ्गु र यान्किङ जिल्लाबाट हजारौं मानिसलाई उद्धार गरिएको हो ।

ADVERTISEMENT

उद्धार टोली, सेना तथा आपतकालीन सेवाहरू बाढीपीडितहरूको उद्दार र राहत वितरणमा दिनरात खटिएका छन्। बेइजिङका मेयरले जनतालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् र जोखिमयुक्त स्थानहरूमा नजान आग्रह गरेका छन्।

मौसम विज्ञहरूले अझै केही दिनसम्म बाढीको जोखिम कायमै रहने चेतावनी दिदै स्थानीय बासिन्दाहरूलाई सजग रहन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।