काठमाडौँ। हुवावेले लामो समयपछि चिनियाँ स्मार्टफोन बजारमा पुनः शीर्ष स्थान हासिल गरेको छ। कम्पनीले २०२५ को दोस्रो त्रैमासिकमा करिब १२.५ मिलियन युनिट बिक्री गरी बजारको झन्डै १८ प्रतिशत हिस्सा ओगट्न सफल भयो, जसले चिनिया बजारमा हुवावेको पुनरागमनलाई थप सहजता प्रदान गरेको छ। चार वर्षअघिको अमेरिकी प्रतिबन्धपछि उत्पादन तथा आपूर्ति श्रृंखलामा परेको व्यापक असरलाई ब्यबस्थापन गर्दै  हुवावेले नयाँ रणनीतिसहित बलियो कमब्याक गरेको हो। यस अवधिमा चिनियाँ स्मार्टफोन बजारमा सामान्यत मन्दीका कारण मोबाइल  बिक्रीमा गिरावट आएको देखिएको छ, कुल मोबाइल  बिक्री संख्या झण्डै ६९ करोडमा सीमित भयो, जुन अघिल्लो केही त्रैमासिकको वृद्धिपछि पहिलो पटक घटेको हो।

यसबाहेक, एप्पलले पनि चिनियाँ बजारमा कमब्याकको  संकेत दिएको छ। कम्पनीले करिब ९.६ करोड मोबाइल बिक्री गर्दै लगभग १४ प्रतिशत बजार हिस्सा बनाउन सफल भएको छ । यद्यपि बिक्री अघिल्लो वर्षको तुलनामा केही कम भएको भए पनि मूल्य घटाउने रणनीति र सरकारी अनुदान योजनाले एप्पललाई थप प्रतिस्पर्धी बनाउन मद्दत पुर्‍याएको छ।

अन्य चिनियाँ ब्राण्डहरू मध्ये Vivo, Oppo र Xiaomi पनि प्रतिस्पर्धामा सक्रिय देखिए। Vivo को बजार हिस्सा घटेर दोस्रो स्थानमा झर्‍यो, Oppo र Xiaomi भने क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ । विशेष गरी Xiaomi ले बिक्री संख्यामा उल्लेखनीय वृद्धि गर्दै आफ्नो बजार हिस्सा बढाएको छ।

यो सम्पूर्ण परिदृश्यले चिनियाँ बजारमा उपभोक्ताहरूको प्रवृत्तिमा परिवर्तन आएको देखाउँछ। उत्पादन गुणस्तर, मूल्य, र प्रविधिमा गरिएको नवप्रवर्तनले ब्राण्डहरूको सफलतामा निर्णायक भूमिका खेलेको छ। हुवावे र एप्पल दुबैले सशक्त पुनरागमन गर्दै बजारमा आफ्नो प्रभाव बलियो बनाइरहेका छन्।