काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य विद्युत् आपूर्ति समस्या बुझ्न चितवनको भरतपुर पुगेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्य र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोली सोमबार चितवन पुगेको हो ।

ADVERTISEMENT

चितवनस्थित चनौली वितरण केन्द्रले आन्तरिक लोड व्यवस्थापन गर्न एक दिनका लागि अत्यावश्यक मर्मत कार्य गर्न लोड व्यवस्थापन तालिका सार्वजनिक गरेको थियो । जसकारण प्राधिकरण र सरकारको आलोचना भएको थियो । आठ वर्षअघि नै लोडसेडिङमुक्त देशलाई फेरि अन्धकारमा धकेलिएको आरोप लागेको थियो । त्यसबाट आमउपभोक्ताहरुमा भ्रम उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।

ADVERTISEMENT

‘उक्त क्षेत्रमा अत्यधिक लोडको कारण सिर्जित समस्या समाधानका लागि भरतपुरस्थित स्वस्टेशनलगायत वितरण केन्द्रहरुबाट विद्युतीय संरचनाहरूमा भइरहेको मर्मत तथा निर्माण कार्य निरिक्षण अवलोकन गरिनेछ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शाक्यको टोली चितवन हुँदै जनकपुरसम्म पुग्ने भएको छ । ढल्केवर सवस्टेशनले पनि सटडाउन गर्न भनी एक साता बिहान ५ देखि ९ बजेसम्म लोडसेडिङ हुने सूचना निकालेको छ ।

ADVERTISEMENT