काठमाडौँ। “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् ।

मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार उक्त अध्यादेशका कारण नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य र सदस्यहरू रतनबहादुर ऐर, डा बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएका छन् ।

यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल र सदस्यहरू डा मधुसुधन अधिकारी, डा झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएका मन्त्रालयले जानकारी दिएको छ ।