काठमाडौं । जेरोना वेलनेस प्रालिले विभिन्न सौदर्य सामग्री नेपाली बजारमा ल्याएको छ ।
जेरोना वेलनेस कम्पनी प्रालिले जेरोनाले छालाको सुरक्षालाई मध्यनजर गर्दै तयार पारेको १० प्रकारका उत्पादन जेरोना डर्मा ब्राण्डमा नेपाली बजारमा ल्याएको हो ।
जेरोनाले छालाको सुरक्षाको लागि उच्चस्तरीय प्रविधिको प्रयोग गरि यी सामग्री तयार पारेको जनाएको छ ।कम्पनीले बजारमा ल्याएका उत्पादनमा सनसेड नामको सनस्क्रिन, एचवाई सेरम नामको हायलोरोनिक सेरम, हाइड्रा नामक मोइस्चराइजीङ लोसन, वाश सी नामको भिटामिन सी फेस वाश तथा ईभ ग्रुम नामको नाइट क्रिम छन् ।
स्वास्थ्यलाई मध्यनजर गरेर डाक्टरको सिफारिसमा जेरोना ब्रान्डका सामान बजारमा भित्राइएको कम्पनीले जनाएको छ । सामानको मूल्य पाँच सय रुपियाँदेखि दुुई हजार पाँच सय रुपैया मूल्य रहेको कम्पनीले जनाएको छ ।







