काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीका गुनासा सुन्न ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । गभर्नर डा.विश्वनाथ पौडेलले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

पौडेलले ग्रामीण क्षेत्रमा ऋणीहरूसँग निरन्तर सम्वादमा रहने उद्देश्यले ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्न लागेको बताए । अहिलेसम्म राष्ट्र बैंकले यस्तो कार्यक्रम ल्याएको थिएन ।