काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको भन्दै मुलुकभर हस्ताक्षर अभियान चलाएको छ। जसमा सर्वसाधारणदेखि विभिन्न क्षेत्रका व्यक्तिहरूले ऐक्यबद्धता जनाएका छन्।

हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउन चर्चित अभिनेत्री मनिषा कोइराला बिहीबार वनस्थली जाने भएकी छन्। उनी बिहान ११ः३० बजे रास्वपा कार्यालय, वनस्थली जाने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। मनिषा अहिले राजसंस्था फर्काउने अभियानमा छिन् । उनले कांग्रेससँगकाे आबद्धता त्यागिसकेकी छन् ।

ADVERTISEMENT

यसअघि अशोक शर्मा, विपिन कार्की, खगेन्द्र लामिछाने, रमेश उप्रेती, दिपेन्द्र के खनाल, किरण केसी, राजाराम पौड्याल, रामचन्द्र अधिकारी, खेम सेञ्चुरी जस्ता चर्चित कलाकारले हस्ताक्षर गरिसकेका छन् ।

ADVERTISEMENT

असार पहिलो सातादेखि रास्वपाले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ।

पार्टी स्थापना दिवसका अवसरमा काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो। अदालतकै आदेशले रवि लामिछाने थुनामा पुगे पनि राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले गरेको हस्ताक्षर अभियानमा कलाकर्मीले साथ दिएपछि अहिले उनीहरूको आलोचना भइरहेको छ ।

ADVERTISEMENT