काठमाडौं । सामाजिक सञ्जालमा गायिका एलिना चौहानलाई गालीगलौज गर्ने चितवनका गुञ्जन राईलाई साइबर ब्यूरोको टोलीले ललितपुरबाट पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय राईलाई पक्राउ गरेको ब्युरोका डिआइजी नविन्द अर्यालले जानकारी दिए। उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ। अन्यको पनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

एलिनाले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चारजनाविरूद्ध उजुरी दिएकी थिइन्। त्यसमध्ये एकजना समातिएका हुन्। ‘अति नै भएपछि आज चारजनाविरूद्ध उजुरी दिएकी छु,’ उनले भनेकी थिइन्। अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताएकी थिइन्।

एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्।

ADVERTISEMENT