काठमान्डौ : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए।

सहभागीहरू मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रा.लि., विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन्।

ADVERTISEMENT

यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो।

ADVERTISEMENT

जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाख रूपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु समेत जित्ने अवसर पाएका थिए।

ADVERTISEMENT

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो।

जसअन्तर्गत सहभागीहरूले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन्।

ग्राहकहरूले उक्त उपहार प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए।

सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रिया मार्फत विजेताको छनोट गरिएको थियो।

विजेता आलमले १५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए।