काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन अस्थायी रूपमा स्थगित गरेको छ। मध्यपूर्वमा इजरायल, अमेरिका र इरान बीच बढ्दो युद्ध तनावलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  राजेन्द्रसिंह भण्डारीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको छ। हालसम्म वैदेशिक रोजगार विभाग ले श्रम स्वीकृति प्रदान गर्दै आएको थियो।

ADVERTISEMENT

इजरायल र अमेरिकाले इरानमाथि मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा प्रतिआक्रमण सुरु गरेको छ। विशेषगरी युनाइटेड अरब इमिरेट्स, कतार, ओमान र कुवेत मा रहेका अमेरिकी बेस क्याम्पहरू निशानामा परेपछि त्यहाँ रहेका नेपालीहरूको सुरक्षाप्रति चासो बढेको छ।

ADVERTISEMENT

सरकारले सम्बन्धित देशतर्फ जान विमानस्थलमा पुगेका नेपालीलाई घर फर्किन आग्रह गरेको छ। बढ्दो सुरक्षा सतर्कताका कारण जोखिम बढ्न सक्ने भन्दै यस्तो अनुरोध गरिएको हो।

मन्त्री भण्डारीका अनुसार श्रम मन्त्रालयअन्तर्गतको कल सेन्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको छ। साथै अवस्था जटिल बन्दै गएमा नेपालीहरूको उद्धार गर्नुपर्ने स्थिति आए त्यसका लागि समेत योजना बनाइरहेको सरकारले जनाएको छ।

ADVERTISEMENT

‘परिस्थिति जसरी विकसित हुन्छ, त्यसैअनुसार आवश्यक परे उद्धार योजना कार्यान्वयन गर्ने तयारीमा छौं,’ मन्त्री भण्डारीले बताए।