काठमाडौं । सरकारले सोमबारबाट चाडपर्व लक्षित दसैँ तिहार सहुलियत पसल सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट सहुलियत पसल सुरु भएको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसको प्रभावका यस वर्ष भने कम्पनीले तामझाम बिना नै बिक्री वितरण सुरु गरेको हो । अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरूसमेत बिक्रीमा राखिएको उनले बताइन् ।

ADVERTISEMENT

चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको र चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिएको उनको भनाइ छ । चिउरा, आटा, पिठो, धनियाँ, मसलहरुमा प्रतिकेजी ७ र तेलमा पनि ७ रुपैयाँसम्म छुट दिएको छ ।

ADVERTISEMENT

सिमी, फापर, चिनो, कागुनो, उवा, मार्सी र बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ । यस कार्यालयअन्तर्गत रहेर रामशाहपथ, नख्खु, र दक्षिणकाली बिक्री कक्ष बिक्री सुरु गरिएको प्रमुख राजवंशीले बताइन् ।