काठमाडौं । पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी बिहीबर बिहान ९ बजे अदालत पुगेका हुन्।
पाठकको मुद्दाको पेसी न्यायाधीश खेमराज भट्टको इजलासमा ताेकिएको छ ।

बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। उनीविरुद्ध गत असार १६ गते विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो। उनीविरुद्ध प्रहरीले फरारी भनी साइबर अपराधमा मुद्दा दर्ता गराएको थियो।

ADVERTISEMENT

साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गरेको कसूरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो।

पाठकले कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाले होटल हिल्टन खरिद गरेको, उनको विभिन्न देशमा लगानी रहेको भिडियो प्रकाशन गरेका थिए ।

ADVERTISEMENT