काठमाडौँ । आन्तरिक उडान आजदेखि खुला भएको छ । जेनजीको आन्दोलनका कारण बन्द भएको विमानस्थल आजदेखि खुुला हुने भएका हुुन् ।
आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुध्द एयरको सबै आन्तरिक उडान विहीबार विहानदेखि मात्रै सञ्चालनमा आउने जानकारी दिएको छ । अन्तराष्ट्रिय बिमानस्थल भने बुधबारदेखि खुला भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शोर्पाका अनुसार बुधबारदेखि बन्द विमानस्थल खुलेको छ । जेनजीको आन्दोलनका कारण विमानस्थल बन्द हुदा यात्रुलाई समस्या परेको थियो ।

 

ADVERTISEMENT