संयुक्त राष्ट्रसंघले नेपालमा उत्पन्न राजनीतिक र सामाजिक अस्थिरताप्रति गहिरो चासो व्यक्त गरेको छ। यसअघि नै संयुक्त राष्ट्रले नेपालमा भइरहेको आन्दोलन र त्यसले ल्याएको संकटलाई सम्बोधन गर्न आवश्यक परे मध्यस्थताको भूमिका खेल्न तयार रहेको संकेत दिएको थियो।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटरेसले नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट लगातार अनुगमन गरिरहेको बताउदै प्रदर्शनमा भएको मानविय क्षतिप्रति गहिरो दुःख प्रकट गरेका छन्।
सामाजिक संजाल एक्समा मार्फत उनले भने, “म नेपालस्थित परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको छु र जीवनको क्षतिले मलाई गहिरो दुःखी बनाएको छ। म यस घटनामा व्यापक छानबिन गर्न, हिंसा अझै बढ्न नदिने गरी संयमता अपनाउन र साझा रचनात्मक मार्गतर्फ अघि बढ्न संवाद गर्न आग्रह गर्दछु। म सबैलाई मानवअधिकार कानुनको पूर्ण पालना गर्न आह्वान गर्दछु।””
महासचिवले विशेष गरी आन्दोलनका क्रममा भएको ज्यानको क्षतिमा पूर्ण र निष्पक्ष छानबिन गर्नुपर्ने कुरामा जोड दिएका छन्। साथै, उनले हिंसा अझ बढ्न नदिने गरी संयमता अपनाउन र संवादमार्फत साझा समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्।
I’m closely following the situation in Nepal & I’m deeply saddened by the loss of life.
I urge a thorough investigation, restraint to avoid further escalation of violence & dialogue towards forging a constructive path forward.
I call on the authorities to comply with human…
— António Guterres (@antonioguterres) September 9, 2025
संयुक्त राष्ट्र महासचिवको भनाइ अनुसार, मानवअधिकारको पालना गर्नु राज्यको प्रमुख दायित्व हो र प्रदर्शनहरू शान्तिपूर्ण ढंगले जीवन र सम्पत्तिको सम्मान गर्दै हुनुपर्छ।
यसले नेपालको वर्तमान परिस्थितिमा अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय ध्यान पुगेको स्पष्ट देखाएको छ।












