सशस्त्र प्रहरी बल, नेपालले हाल भइरहेको Gen-Z आन्दोलनको बेला शान्ति र सुव्यवस्था कायम राख्न सबै पक्षसँग संयम अपनाउन अपील गरेको छ। सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ताले सार्वजनिक गरेको वक्तव्यमा जनधनको क्षति न्यून गर्न र सामाजिक सद्भाव कायम राख्न सबैलाई हार्दिक अनुरोध गरिएको छ।
वक्तव्य अनुसार, “नेपालमा शान्ति र सुव्यवस्था कायम राख्दै जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षणका लागि सशस्त्र प्रहरी बल, नेपाल पूर्ण रूपमा प्रतिबद्ध छ। विद्यमान आन्दोलनमा संयमताका साथ परिचालन भईरहेको छ।”

आन्दोलनको क्रममा हुने अपूर्ण क्षति प्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना, शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरिएको छ।
सशस्त्र प्रहरी बलले यस विषम परिस्थितिमा राष्ट्रिय सम्पति र नागरिकको जीवन, धन र स्वतन्त्रताको सुरक्षामा सतर्क रहँदै Gen-Z लगायत सबै पक्षसँग सहकार्य गर्दै थप क्षति हुन नदिन पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।












