काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार, बिमानस्थल वरिपरिका क्षेत्रहरूमा आगजनीका घटना देखिएपछि यात्रुहरूको आवागमनमा असुरक्षा र बाधा उत्पन्न भएको छ। यस कारण विमानस्थलमा उडान सुरक्षा प्रतिकूल भएको भन्दै तत्कालीन रूपमा विमानस्थल बन्द गरिएको छ।
स्रोतका अनुसार, आकाशमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा अवतरण गराएपछि बाँकी सबै उडान रद्द गरिएको छ। बन्द गरिएको विमानस्थलमा नेपाली सेनाद्वारा सुरक्षा व्यवस्था समेत तैनाथ गरिएको छ।


