काठमाडौँ । सोमबार भएको जेनजीको प्रदर्शनका क्रममा भएको सरकारको बर्बर दमनको विरोधमा  काठमाडौँको विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।

हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि आज बिहानैदेिख काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको हो । नयाँ बानेश्वर, जोरपाटी कलंकी, बालाजु आदि ठाउँमा स्वतस्फूर्ट्ट रुपमा मानिसहरु सडकमा उत्रिएका छन् ।

ADVERTISEMENT

सरकारले उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाएको छ । तर त्यसको परवाह नगरी प्रदर्शनहरु भइरहेका छन् ।
हिजोको घटनाबाट आक्रोशित युवाहरूले गोकर्णेश्वर नगरपालिकास्थित उत्तर बाहिनीस्थित सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

ADVERTISEMENT

जेनजीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनको मृत्यु भएको थियो भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

 

ADVERTISEMENT