काठमाण्डौ । सोमबारको प्रदर्शनमा घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएपछि अस्पताल परिसरमा आफन्तहरूको ठूलो भीड लागेको छ।
आफन्तहरूले अस्पताल बाहिर नै प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले सरकारले जनताको आवाज सुन्नुको साटो दमनमार्फत् समस्या समाधान गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन्।
नाराबाजी तीव्र बन्दै गएपछि सुरक्षाकर्मीहरूले भीडलाई तितरबितर पार्न लाठीचार्ज गरेका थिए। त्यस क्रममा केही सर्वसाधारण पनि घाइते भएका छन्।
ट्रमा सेन्टरका चिकित्सकहरूले घाइतेहरूको संख्या धेरै भएकाले उपचारमा दबाब परेको बताएका छन्। उनीहरूले तत्काल रगत र औषधि सहयोगको आह्वान गरेका छन्।







