काठमाडौं –  नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्।

काउन्सिलले असोज ५ र ६ गते एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा लिएको हो। एमबीबीएसतर्फ लाइसेन्सका लागि निवेदन दिएका एक जार ७५ जनामध्ये एक हजार ५४ जनाले परीक्षा दिएका थिए।

ADVERTISEMENT

त्यसमध्ये ४७३ जना मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ। यो ४४.८८ प्रतिशत मात्रै हो। एमबीबीएसको लाइसेन्स परीक्षामा ५८१ जना अनुत्तीर्ण भएका छन्।

ADVERTISEMENT

झन बीडीएसतर्फ त २९.०१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। काउन्सिलका अनुसार, लाइसेन्स परीक्षा दिएका १३१ जनामध्ये ३८ जना मत्रै उत्तीर्ण भएका छन्।

त्यस्तै, ९३ जना अनुत्तीर्ण भएका छन्। एक जनाको परीक्षाफल रोकिएको छ। लाइसेन्सका लागि फारम भरेका १३३ जनामध्ये १३१ जनाले परीक्षा दिएका थिए।

ADVERTISEMENT