काठमाडौं । व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ २२औं निजामती सेवा दिवस मनाइँदै छ ।

निजामती सेवा दिवसको अवसरमा आइतबार सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्युप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको हो ।

ADVERTISEMENT

नेपालमा पहिलोपटक २०१३ भदौ २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भदाै २२ गते यो दिवस मनाउन थालिएको हो ।

ADVERTISEMENT