काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औं जन्मदिनको अवसरमा सर्वसाधारणका लागि निर्मल निवास खुला गरिने भएको छ । पूर्वराजाको निजी संवाद सचिवालयका अनुसार असार २३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला गरिन लागेको हो ।

विगतका वर्षमा विजयादशमी र पूर्वराजा शाहको जन्मोत्सवमा शुभकामना र शुभेच्छा दिने सर्वसाधारणका लागि निर्मल निवास आंशिक रूपमा खुला गरिन्थ्यो । लाइनमा बसेर शुभकामना दिने गरिन्थ्यो । तर यसपटक भने पूर्वराजा शाहले आफ्नो ७९औं जन्मोत्सवमा सर्वसाधारणका लागि तीन घन्टा निर्मल निवास नै खुला गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।