काठमाडौँ । जापानमा नेपाली विद्यार्थी गोमा राउतको रहस्यमय मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–६, बाहुनपुर घर भएकी राउतको जापानस्थित सोवा जनरल अस्पतालमा मृत्यु भएको हो।
जापानको निसी टोकियो इन्टरनेसनल कलेजमा अध्ययनरत उनको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन। घटनाबारे जापान प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।
उनको शवसमेत प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ। अनुसन्धान पूरा भएपछि मात्रै मृत्युको कारणबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।












