काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पाँच घण्टा लामो छलफल भएको छ।
लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह बिहीबार उनको बुढानीलकण्ठस्थित निवास पुगेका थिए। लामिछानेका स्वकीय सचिव अविनास आचार्यका अनुसार उनीहरूबीच सौहार्दपूर्ण वातावरणमा करिब पाँच घण्टा छलफल भएको हो।
भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र सरकारका कामकारबाहीबारे पार्टी सभापति लामिछानेलाई जानकारी गराएका थिए। त्यसक्रममा संसद् बैठक आह्वान, विभिन्न विधेयक तथा अध्यादेशका विषयमा पनि छलफल भएको आचार्यले जानकारी दिए।
त्यस्तै, मन्त्रीहरू, मन्त्रालयको कार्यसम्पादन र सरकारका समग्र कामकारबाहीबारे पनि कुराकानी भएको थियो।
रास्वपाले आगामी दिनमा सञ्चालन गर्न लागेको पार्टी प्रशिक्षण कार्यक्रमलगायतका विषय पनि छलफलको एजेन्डामा रहेको आचार्यले बताए।












